हाय राजमती सास्कृतिक निबन्धहरुको संग्रह हो । यस पुस्तकले नेवारी भाषाको लोकप्रीय गीत राजमतीको एतिहासिक महत्वका साथै इन्द्रचोक, असन, र काष्ठमण्डपबारे अनेक तथ्यहरुलाई उजागर गरेको छ । मनाङ, लाहोर, कुमाउँ जस्ता स्थान र भाषाबारेको लेखकीय दृष्टिकोण र काव्यात्मक भाषा प्रस्तुत निबन्धसंग्रहका विशेष पक्ष हुन् ।